सिमरा घटनाले दिएको राजनीतिक र कानूनी सन्देश
पछिल्ला केही दिन यता नेपालको राजनीतिक अवस्था फेरि गर्माएको छ । विशेषगरि नेकपा एमाले भर्सेस जेनजीको परिस्थिति बन्दैगर्दा यसले मुलुकमा अस्थिरताको धक्का झन् शक्तिशाली बनाउँदै गएको देखिन्छ । दुवै शक्तिको टकरावलाई कानूनी दृष्टिमा विश्लेषण गर्दै सामाजिक र राजनीतिक स्थीरताको खोजी आजको आवश्यकता बनिसकेको अवस्था छ । न्यायिक मर्म निष्पक्ष हुनुपर्छ, संविधानवाद सहितको कानूनी सर्वोच्चताले








